१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


ललितपुर छम्पीमा नायिका श्वेताको लगानीमा क्यान्सर अस्पताल बन्ने


१९ फाल्गुन २०७६, सोमबार  

0
Shares

शिलान्यास कार्यक्रममा सहभागी नायिका श्वेता खड्का र गोदावरी नगरका मेयर गजेन्द्र महर्जनलगायत ।

लपु संवाददता
१९ फागुन ०७६, छम्पी ललितपुर । गोदावरी नगरपालि ९ छम्पीमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर नाको अस्पताल निर्माण हुने भएको छ । नायिका स्वेता खड्काको लगानीमा बन्ने यो अस्पतालको सोमबार शिलान्यास गरिएको छ ।
शिलान्यस कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले शिलान्यास गरेका थिए ।

शिलान्याश कार्यक्रमपछि तस्विर खिच्दै नायिका श्वेता खड्का ।

शिलान्यास कार्यक्रमपछि नायिका खड्काले फेसबुकमा स्ट्याटस लेखेर क्यान्सरका कारण मृत्यु भएका आफ्ना पति तथा नायक श्रीकृष्ण श्रेष्ठको सम्झना गरेकी छिन् । उनले स्ट्याटसमा लेखेकी छिन्,‘ मेरो जीवनसाथी स्व श्री श्रीकृष्ण श्रेष्ठ र मेरा आत्मिय भिनाजुको मृत्युको कारण बनेको ’क्यान्सर’ रोग बिरुद्द मानसिक युद्द लडिरहेकी पनि छु । क्यान्सर पीडितहरु प्रती मेरो भिन्नै स्नेह , सद्भाव र साहनुभुती छ । मैले एकदमै नजिकबाट क्यान्सर पीडितहरुको छट्पट्टी र पिंडालाई नियालेकी छु ।’
नायिका खड्काले यो पीडालाइ राहत दिन क्यान्सर हस्पिटलको निर्माण गर्ने बताउँदै आएकी थिईन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।