११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


कोरोनाको सन्त्रास:विद्यालयमा वार्षिक उत्सव, भेला नगर्न मन्त्रालयको अनुरोध


२० फाल्गुन २०७६, मंगलबार  

0
Shares

२० फाल्गुन ०७६, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको वार्षिक उत्सव, सभा, अभिभावक भेला नगर्न अनुरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमण र सन्त्रास फैलिएकोले आवश्यक सतर्कता अपनाउनका लागि भेला नगर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

आज मन्त्रालयमा नेपाल शिक्षक महासङ्घ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ९प्याब्सन० सहितको बैठकले सार्वजनिक ठाउँमा कोरोना भाइरस बढ्ने सम्भावना भएकोले सर्तकता अपनाउन विद्यालयमा भेला नगर्ने निर्णय गरेको उनले जानकारी गराए ।

त्यस्तैगरी उनका अनुसार विद्यालयलाई कक्षा १ देखि ९ सम्मको परीक्षा चाडै नै सञ्चालन गरी आगामी चैत्र ५ गतेभित्र सक्ने समेत भनिएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।