३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


विश्व कोरोना अपडेटः अहिलेसम्म ३ लाख ४० हजारको मृत्यु


११ जेष्ठ २०७७, आइतबार  

0
Shares


१० जेठ०७७, जेनेभा (रासस–एएफपी) –– कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५३ लाख नाघेको छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ३९३ कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार २९३ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९७ हजार ६५५ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वा्धिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ६१६, फ्रान्समा २८ हजार २८९, स्पेनमा २८ हजार ६२८, बेल्जियममा ९ हजार २१२, जर्मनीमा ८ हजार ३५२ र नेदरल्यान्ड्मा ५ हजार ७८८ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा २१ हजार ११६ को मृत्यु भएको छ । यहाँ एकै दिन ९६६ जनाको ज्यान गएको छ । यसैगरी, इरानमा ७ हजार ३००, मेक्सिकोमा ६ हजार ९८९, क्यानाडामा ६ हजार २५० र चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर ५३,०६,९२८ २१,६०,५३० ३,४०,०७२
१. युरोप १८,६८,२३७ ८,४९,१८० १,६८,४२६
२. उत्तर अमेरिका १८,२८,३६० ५,०७,२०७ १,१२,१३१
३. एसिया ९,१४,५४३ ५ ३३,४७९ २६,७१२
४. दक्षिण अमेरिका ५,८०,०७१ २,१८,७३८ २९,४४४
५. अफ्रिका १,०५,८४५ ४२,८८१ ३,२०४
६. ओसेनिया(अस्ट्रेलिया) ८,७१९ ८,०५० १२३

दक्षिण एसियाली मुलुकहरु
१. भारत १,२५,१४९ ५१,८२४ ३,७२८
२. पाकिस्तान ५२,४३७ १ ,६५३ १,१०१
३. बंगलादेश ३०,२०५ ६, १०९ ४३२
४. अफगानिस्तान ९,२१६ ९९६ २०५
५. श्रीलंका १,०६८ ६२० ९
६. माल्दिभ्स १,२७४ १०९ ४
७. नेपाल ५४८ ७० ३
८. भुटान २४ ६ –

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ६ : २७ बजे