३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोना माहामारीबीच पाकिस्तानद्वारा अन्तर्राष्ट्रिय उडान खुला


१७ जेष्ठ २०७७, शनिबार  

0
Shares


१७ जेठ ०७७,स्लामावाद । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्रा्ष्ट्रिय उडान सुरू गर्ने निर्णय गरेको छ । सरकारले कोरोनाभाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि नियमित गतिविधिमा लगाएको रोकलाई खुकुलो पार्ने निर्णयसँगै अन्तर्रा्ष्ट्रिय उडानलाई पुनः सुरू गर्न लागिएको छ, पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार जारी सूचनामा भनिएको छ ।
प्राधिकरणले घरेलु उडानलाई भने विभिन्न चरणमा गरी यस पहिले नै सुरू गरिसकेको छ ।
“संघीय सरकारको निर्णय अनुसार पाकिस्तानबाट हुने अन्तर्रा्ष्ट्रिय उडानहरू शुक्रबार राति २३ः५९पछि सुरू हुनेछन् ।

“ग्वादर र तुर्वत विमानस्थलबाहेकका पाकिस्तानका सबै अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय उडानहरू सञ्चालनका अनुमति दिइएको छ,” सूचनामा भनिएको छ ।
सरकारले पाकिस्तानबाट विदेशका लागि हुने उडानका लागि आवश्यक प्रक्रिया भने यस पहिले नै तोकेको छ । अन्तर्रा्ष्ट्रिय उडानका लागि विमान कम्पनीहरूले गन्तव्य देशको नियमलाई पालना गर्नुपर्नेछ ।
जसमा विमानलाई उडानपूर्व कीटाणुशोधन प्रक्रियालाई प्रत्याभूत गर्ने र विमानस्थलमा भिडभाड नगर्नेलगायतका कोभिड–१९ सङ्क्रमणबाट सुरक्षाका लागि अपनाउनुपर्ने सावधानीहरू रहेका छन् ।

पाकिस्तानले अन्तर्रा्ष्ट्रिय उडानलाई गत मार्चदेखि रोकेको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ७ : ०३ बजे