१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोना महामारीपछि भारतको आन्ध्र प्रदेशमा होटल रेष्टुरेन्ट खुल्ने


२४ जेष्ठ २०७७, शनिबार  

0
Shares


२३ जेठ ०७७ विजयावादा, आन्द्रप्रदेश (रासस–सिएनआई) ः भारतको आन्ध्र प्रदेश राज्यमा त्यहाँका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरु यही जुन ८ तारिख देखि खुल्ने भएका छन् । आन्ध्रप्रदेशका पर्यटनमन्त्री मुत्तमसेट्टी श्रीनिवास रावले सो कुराको जानकारी शुक्रबार दिनुभएको छ । उहाँले आगामी सोमबारदेखि यहाँका होटल रेष्टुरेन्ट र अरु सेवा सुचारु गर्ने तयारी गरिएको शुक्रबार बिहान जानकारी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ ।
तर ती होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरु सञ्चालन गर्दा कोभिड १९ बाट बच्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरुको भने पालना गरिने छ । उहाँको सरकारले कोभिड १९ को महामारीपछि आगामी दिनमा सञ्चालनमा आउनुपर्ने कार्यालयका लागि कोभिडबाट बच्न सकिने मापदण्डहरु निर्माण गरेको छ ।
उहाँले लामो समयदेखि बन्द रहेका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरुका साथै अरु व्यवयास पनि खुल्ने तयारी भएको जानकरी दिनुभयो । यसकासाथै बजारका अरु प्रसिद्ध मन्दिरहरु पनि खुल्ने तयारी भएको जानकारी दिनुभयो । तर विद्यालय विश्वविद्यालयहरु भने अहिले नै नखुल्ने भएका छन् ।
आज बिहान यस प्रदेशका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरुका प्रतिनिधिहरुसँगको अन्तक्र्रियाका क्रममा मन्त्री रावले सो कुराको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
भारतमा कोरोना भाइरसको प्रकोपका कारण गएको दुई महिना भन्दा पनि लामो समयदेखि यहाँ जारी रहेको लकडाउनका कारण सबै क्षेत्र बन्द रहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ९ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।