३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकामा कोरोना भाइरसको प्रभाव घट्दै


३ असार २०७७, बुधबार  

0
Shares


२ असार ०७७ (रासस÷एएफपी) ः संयुक्त राज्य अमेरिकामा गएको २४ घन्टायता कोरोना भाइरसको प्रकोपका कारण ४०० भन्दा कम नागरिकको मत्यु भएको पाइएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा गएको २४ घन्टा यता कोरोना भाइरसका कारण भएका मृत्युमध्ये ४०० भन्दा कमको ज्यान गएको हो ।
उक्त विश्वविद्यालयले ४०० भन्दा कमको निधन भएको अमेरिकामा यो दोस्रो दिन हो भनेको छ । यसरी हेर्दा अमेरिकामा एकै दिनमा हुने मृत्युमा कमी आएको देखिएको छ ।आइतबार यहाँ ३८५ जना कोरोना संक्रमितको ज्यान गएको छ । त्यस्तै सोमबार यो भाइरसबाट ३८२ जनाको ज्यान गएको सो विश्वविद्यालयको तथ्याङमा देखिएको छ ।
मार्च महिनाको अन्त्यतिरबाट शुरु भएको यहाँको महामारीमा दैनिक रुपमा निकै धरै मानिसको ज्यान जाने गरेको थियो । उक्त संख्यामा आइतबार र सोमबार निकै ठूलो मात्रामा कटौती आएको देखिएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी अधिकारीहरुले यस हप्ताको अन्त्यतिर योभन्दा पनि कम संख्यामा कोरोना प्रभावितको ज्यान जान सक्ने अनुमान पनि गरेका बताइएको छ । अमेरिकामा संक्रमित हुनेको संख्या भने बढ्दो मात्रामा रहेको देखिएको छ । यहाँ मंगलबारसम्म १ लाख १६ हजार नागरिकको ज्यान गएको छ ।

त्यस्तै यहाँ २० लाख भन्दा पनि बढी व्यक्ति कोरोना भाइरसका संक्रमित भएका छन् । यहाँ अहिले पनि दिनमा करिब २० हजार जना संक्रमित थपिने गरेका पाइएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ११ : १९ बजे