४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


१ सय ४ दिनपछि खुल्यो आइफेल टाबर


१२ असार २०७७, शुक्रबार  

0
Shares


११ असार ०७७, पेरिस (रासस–एएफपी) – कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टाबर १०४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खोलिएको छ ।
विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको आइफेल टाबर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ ।
बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरु सहित करिब ५० जनाले सिँढीबाट आइफेल टाबरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम छ । सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका कारण टाबरको लिफ्ट भने बन्द गरिने छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ९ : २५ बजे