४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा कोरोनाबाट एकैदिनमा २५ हजार सङ्क्रमित


२२ असार २०७७, सोमबार  

0
Shares

२२ असार ०७७, नयाँदिल्ली ः कोरोनाभाइरसका कारण भारतमा एकैदिनमा झण्डै २५ हजार जना सङ्क्रमित भएका छन् । सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना सङ्क्रमित भएका छन् ।

दैनिक रुपमा सङ्क्रमित हुनेहरुको यो सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या छ लाख ७३ हजार १६५ पुगेको छ ।
तीमध्ये दुई लाख ४४ हजार ८१४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढेर चार लाख नौ हजार ८२ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कुल सङ्ख्या १९ हजार २६८ पुगेको छ । ती मध्ये ६१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै प्रभावित अझै पनि महाराष्ट्र प्रदेश नै भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म दुई लाख ६४ जना सङ्क्रमित भएका छन् भने आठ हजार ६७१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित तमिल नाडु प्रदेशमा एक लाख ७ हजार एक जना सङ्क्रमित हुदाँ एक हजार ४५० को मृत्यु भएको छ । त्यसैगरी केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा ९७ हजार २०० जना सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ११ : ०२ बजे