४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


संसारभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५० लाख


८ श्रावण २०७७, बिहिबार  

0
Shares


७ साउन ०७७, जेनेभा (रासस÷एएफपी) ः विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख १९ हजार ६ सय १४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।
संक्रमित मध्ये हालसम्म ९१ लाख १६ हजार ६ सय ५५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख ६३ हजार ५ सय ५५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ६३ हजार ६ सय १४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४० लाख २८ हजार ७ सय ३३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४४ हजार ९ सय ५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३३ लाख ७५ हजार ५३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख २१ हजार ४ सय १५ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४७ लाख २२ हजार ३ सय ६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९९ हजार ७ सय ८३ जनाको मृत्यु भएको छ ।
युरोपमा २७ लाख २ हजार ९७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९९ हजार ७ सय ४९ को मृत्यु भएको छ । एसिया ३५ लाख ३१ हजार ९७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८२ हजार ७ सय २३ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ७ लाख ५३ हजार ९ सय १४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार ७ सय ७९ जनाको मृत्यु भएको छ । ओसियानामा १४ हजार ५ सय ८७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय ५० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ७ : ३९ बजे