४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकी नागरिकलाई मास्क लगाउन निर्देशन


९ श्रावण २०७७, शुक्रबार  

0
Shares

फाइल तस्विर

८ साउन ०७७,(रासस÷सिन्ह्वा) ः अमेरिकी सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन आदेश जारी गरेकोे छ । न्युयोर्कका मेयर मुरेल बोसरले बुधबार आदेश जारी गर्र्दै न्युयोर्कका बासिन्दालाई घरबाट बाहिर निस्किँदा मास्क लगाउन आदेश दिएका हुन् ।
यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्ने आदेश दिन नसक्ने बताउका थिए । अमेरिकाका संक्रामक रोग विशेषज्ञहरुले भने अमेरिकी राज्य र स्थानीय सरकारका नेतासमक्ष नागरिकहरूलाई मास्क प्रयोग गर्नुपर्ने आदेश दिन माग गरेका थिए । उनीहरुको यो प्रयासपछि न्युयोर्कका मेयरको यो आदेश आएको बताइएको छ ।
मेयर बोसरले बुधबार एक प्रेस सम्मेलनमा भने– ‘हामीले नागरिकलाई घरबाहिर निस्किदा अनिवार्य रुपमा मास्क लगाएर निस्किा भनेर हामीले अनुरोध गरेका हौँ ।’
कोरोना भाइरसको संक्रमण रोकथामका लागि सामाजिक दूरीको पालना र मास्कको प्रयोगमा न्युयोर्कका मेयरले जोड दिदै आएका न्छ । अमेरिकामा मास्क प्रयोग गर्ने विषय राजनीतिक मुद्दा बनेको छ । मास्क प्रयोग र सामाजिक दूरी कायम गर्नुपर्ने कुरामा त्यहाँ मत विभाजन देखिदै आएको छ ।
मास्क प्रयोगका विषयमा अमेरिकामा मतको विभाजन देखिएको भए पनि विश्वका अधिकांश स्वास्थ्य विज्ञहरूले भने कोरोना भाइरसको रोकथाममा मास्कको प्रयोग र सामाजिक दूरीको पालना प्रभावकारी हुने सुझाव दिइ आएका छन् ।
अमेरिकामा कोरोनाबाट विश्वका अरु देशभन्दा सबैभन्दा बढी ४१ लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४६ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ९ : ४७ बजे