४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा एकैदिनमा ५० हजार कोरोना सङ्क्रमित


१३ श्रावण २०७७, मंगलबार  

0
Shares


१२ साउन ०७७,(रासस÷एएनआई) ः भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४ सय ५३ पुगेको छ । तीमध्ये चार लाख ८५ हजार १ सय १४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने नौ लाख १७ हजार ५ सय ६८ जना सङ्क्रणमुक्त भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७ सय ८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३२ हजार ७ सय ७१ पुगेको अधिकारीले जनाएका छन् ।
प्रदेशअनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ७५ हजार ७ सय ९९ सङ्क्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा दुई लाख १३ हजार ७ सय २३ जना र दिल्ली राज्यमा एक लाख ३० हजार ६ सय ६ जना सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १० : ०७ बजे