४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


संसारभर कोरोनाभाइरसबाट ६ लाख ८३ हजार निधन


१८ श्रावण २०७७, आइतबार  

0
Shares

१८ साउन ०७७,जेनेभा (रासस÷एएफपी) ः विश्वभर कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ८३ हजार ३ सय ८९ व्यक्तिको निधन भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शनिबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार शनिबारसम्म विश्वभरीमा १ करोड ७७ लाख ७८ हजार ६४६ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड ११ लाख ७७ हजार १ सय ३२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५९ लाख १८ हजार १ सय २५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार ६ सय ४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४७ लाख ६ हजार ५९ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५६ हजार ७ सय ५२ व्यक्तिको निधन भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४१ लाख २० हजार ७ सय ५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ४३ हजार ९सय ६ जनाको निधन भएको छ । उत्तर अमेरिकामा ५५ लाख २५ हजार २ सय ७८ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख १९ हजार २ सय ८८ जनाको निधन भएको छ । युरोपमा २८ लाख ७९ हजार ३ सय ६८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ३ हजार ४३२ को निधन भएको छ ।

एशियामा ४३ लाख १ हजार ७ सय ७० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९६ हजार ७ सय ९६ जनाको निधन भएको छ । अफ्रिकामा नौ लाख ३१ हजार ७ सय ७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९ हजार ७ सय २६ जनाको निधन भएको छ । ओसियानामा १९ हजार २७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २ सय २६ जनाको निधन भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ७ : ५६ बजे