४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


विश्व कोरोना अपडेटः ब्राजिलमा एक लाखको निधन, संसारभर १ करोड ९८ लाख संक्रमित(तालिका सहित)


२६ श्रावण २०७७, सोमबार  

0
Shares

२५ साउन ०७७, रियो दी जेनेरो, (रासस–एएफपी) – दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरस संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना संक्रमित छन् ।
करिब २१ करोड २० लाख जनसंख्या रहेको ब्राजिल विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमध्ये दोस्रो हो । पहिलो सर्वाधिक असर परेको मुलुक संयुक्तराज्य अमेरिका हो ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा ९सय ५ जनाको ज्यान गएको छ भने एकै दिन ४९ हजार ९ सय ७० जनामा संक्रमण देखिएको छ ।

कोरोनाभाइरस संक्रमणबाट विश्वमा सर्वाधिक धेरै व्यक्तिको मृत्यु भएका १५ मुलुकहरु इस प्रकार छन् ः

क्र.सं. मुलक कूल संक्रमित निको भएका मृत्यु

१. संयुक्तराज्य
अमेरिका ५१,४९,७२३ २६,३८,४७० १,६५,०००

२. ब्राजिल ३०,१३,००० २०,९४,००० १,००,५४३

३. मेक्सिको ४,७६,००० ३,१८,००० ५२,०००

४. बेलायत ३,०९,००० – ४६,५६६

५. भारत २१,५३,००० १४,८१,००० ४३,४५३

६. इटाली २,५०,००० २,०१,९४७ ३५,२०३

७. फ्रान्स १,९८,००० ८२,८३६ ३०,३२४

८. स्पेन ३,६१,००० – २८,५०३

९. पेरु ४,७१,००० ३,१९,००० २०,८४४

१०. इरान ३,२४,००० २,८२,००० १८,२६४

११. रसिया ८,८२,००० ६,९०,००० १४,८५४

१२. कोलम्बिया ३,७७,००० २,०४,००० १२,५४०

१३. दक्षिण अफ्रिका ५,५३,००० ४,०४,००० १०,२१०

१४. चिली ३,७१,००० ३,४४,००० १०,०११

१५. बेल्जियम ७३,००० १७,७६६ ९,८७०

विश्वभर १,९८,०७,६०५ १,२७,२४,२९९ ७,२९,६०९

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ७ : ५८ बजे