४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा कोरोना संक्रमित २१ लाख ५३ हजार


२६ श्रावण २०७७, सोमबार  

0
Shares


नयाँदिल्ली, २५ साउन (रासस–एएनआई) – भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३ सय ९९ जना फेला परेको भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये ८ सय ६१ जनाको मृत्यु भएको छ । भारतमा यो सहित मृत्यु भएका व्यक्तिको कूल संख्या ४३ हजार ३ सय ७९ पुगेको छ । कूल संक्रमितको संख्या पनि २१ लाख ५३ हजार नाघेको छ ।
स्वास्थ्य अधिकारीहरुले कूल संक्रमितमध्ये १४ लाख ८० हजार ८ सय ८५ जना निको भएर डिस्चार्ज भएका छन् । अहिले पनि ६ लाख २८ हजार ७ सय ४७ जना विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका छन् ।
भारतीय चिकित्सा अनुसन्धान परिषदले अगष्ट ८ का दिन ७ लाख १९ हजार ३ सय ६४ जनाको परीक्षण गरिएको जनाउँदै कोरोना संक्रमण देखिन थालेयता हालसम्म कूल २ करोड ४१ नमुना परीक्षण गरिएको बताएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ८ : ११ बजे