४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


जापानका प्रधानमन्त्री अस्पताल भर्ना


२ भाद्र २०७७, मंगलबार  

0
Shares

२ भदौं ०७७, टोकियो । जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पताल भर्ना भएका छन् ।
आवे स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
पूर्व अर्थमन्त्री अकिरा अमारीले एउटा टिभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको बताएको भोलिपल्ट उहाँ अस्पताल गएका हुन् ।
क्योदो समाचार संस्थाले आवे राजधानी टोकियोस्थित केइओ विश्वविद्यालय अस्पतालमा भर्ना भएको जनाएको छ ।
प्रधानमन्त्री आवेलाई अहिले तत्काल ख्याल नगरेमा पछि अरु ठूला समस्याहरु आउन सक्ने उनले चेतावनी दिइएको थियो ।
तर उनकै कतिपय सहयोगी तथा मन्त्रीपरिषद्का सहयात्रीहरुले भने प्रधानमन्त्री आवेले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा समस्या भएजस्तो नभएको उल्लेख गरेका छन् ।
“उहाँले राम्रो काम गरिरहनु भएको छ, त्यसमा कुनै समस्या भएजस्तो लाग्दैन,” सरकारको मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले भनेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १२ : ५० बजे