४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा ६६ लाख कोरोना संक्रमित


२० आश्विन २०७७, मंगलबार  

0
Shares


१९ असोज ०७७, नयाँदिल्ली ९रासस–एएनआई० –– भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४ सय ४२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यही २४ घण्टा भित्र नौ सय जना व्यक्तिको निधन भएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सोमबारसम्ममा कूल संक्रमितको संख्या ६६ लाख नाघेको छ । यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या १ लाख २ हजार ६ सय ८५ पुगेको छ ।
भारतमा ५५ लाख ८६ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ३४ हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् ।
सर्वाधिक प्रभावित महाराष्ट्रमा २ लाख ५५ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३८ हजार भन्दा बढीको ज्यान गएको छ । ै कर्नाटकमा एक लाख १५ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र ९ हजार २ सय ८६ जनाको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ७ करोड ९९ लाख नमूना परीक्षण गरेको जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ६ : ५१ बजे