२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोना भाइरसबाट विश्वमा पाँच करोड भन्दा बढी सङ्क्रमित


२५ कार्तिक २०७७, मंगलबार  

0
Shares

२४ कात्तिक ०७७ (रासस÷एएफपी) ः चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् ।
यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५ सय ५८ सङ्क्रमित हुनुको साथै १२ लाख ५६ हजार २ सय ५४ जनाको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यायलले सोमबार जानकारी दिएको छ ।
तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३७ हजार १ सय १३ जनको मृत्यु भएको छ ।
अमोरिकामा ९९ लाख ७१ हजार ६ सय ५१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार ३ सय ९७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यहाँ ५६ लाख ६४ हजार १ सय १५ कोरोना भाइरस सङ्क्रमित रहेका छन् ।
भारतमा १ लाख २६ हजार ६११ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८५ लाख ५३ हजार ६ सय ५७ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
मेक्सिकोमा यस भाइरसका कारण ९५ हजार २७ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार ८ सय २५ जना सङ्क्रमित भएका छन् ।
बेलायतमा ४९ हजार १ सय ३४ जनाको मृत्यु भएको छ भने ११ लाख ९५ हजार ३ सय ५० जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।
चीनमा कोरोना भाइरसबाट ९१ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ७ सय ४१ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ९ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।