४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


बङ्गलादेशमा झण्डै चार लाख ५० हजारमा कोरोना सङ्क्रमण


८ मंसिर २०७७, सोमबार  

0
Shares


८ मंसिर ०७७, ढाका । सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोरोना सङ्क्रमितको मृत्यु दर १.४३ प्रतिशत रहेको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार जनाएको छ ।
बङ्गलादेशमा शनिबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख ४७ हजार ३ सय ४१ पुगेको र कोरोना सङ्क्रमित छ हजार ३ सय ८८ भन्दा बढी व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
गएको २४ घण्टामा १३ हजार ८ सय ७० व्यक्तिको शङ्काका आधारमा कोरोना परीक्षण गरिएकोमा दुई हजार ६० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । आइतबार कोरोना सङ्क्रमित थप ३८ जनाको मृत्यु भएकमो छ ।
बङ्गलादेशमा शनिबार सङ्क्रमणमुक्त भएका दुई हजार ७६ व्यक्तिसहित अहिलेसम्म तीन लाख ६२ हजार ४ सय २८ व्यक्ति निको भएका छन् ।
तथ्याङ्कमा एकै दिन सबैभन्दा बढी चार हजार १९ व्यक्ति जुलाई २ मा सङ्क्रमित भएका थिए भने एकै दिनमा सबैभन्दा बढी मृत्यु जुन ३० मा भएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ९ : ३३ बजे