४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोनाविरुद्धको खोप सुरु गर्दै क्यानाडा


२९ मंसिर २०७७, सोमबार  

0
Shares


२९ मङ्सिर ०७७, ओटावा (रासस÷एएनआई) ः कोरोना विरुद्धको फाइजर–बायोएनटेक खोप क्यानाडामा पनि ल्याइएको छ । पहिलो चरणको खोप आइतवार स्वदेश भित्रिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेखेर प्रधानमन्त्री ट्रुडोले यस विषयमा जानकारी दिएका छन् ।
प्रधानमन्त्री जस्टिन ट्रुडोले ले लेखेका छन्, “फाइजर–बायोएनटेकको कोरोना विरुद्धको खोपको पहिलो चरणको आयात गरिएको छ ।”

उनले गत बिहीबार पहिलो चरणमा तीस हजार मात्रा खोप केही दिनमै स्वदेश भित्र्याइने जानकारी दिएका थिए ।

त्यसअघि क्यानाडाको स्वास्थ्यसम्वन्धी नियमक निकायले सो खोप ल्याउनु उपयुक्त हुने निश्कर्ष निकाल्दै खोप ल्याउन अनुमति दिएको थियो ।

खोप ल्याउनका लागि आवश्यक बजेटको व्यवस्था पनि क्यानाडाको केन्द्रीय सरकारले नै गरेको उनले बताए।
क्यानाडाले यो डिसेम्बर महिना भित्रमा दुई लाख ४९ हजारभन्दा बढी खोप स्वदेश भित्र्याउने अपेक्षा गरेको छ । सो मात्राको खोपले एक लाख २४ हजार ५ सय नागरिकलाई यसै बर्षमा सेवा दिने क्यानडा सरकारको योजना छ ।

कोरोनाभाइरसका कारण क्यानाडामा अहिलेसम्म चार लाख ६० हजार ७४३ जना सङ्क्रमित भएका छन् भने १३ हजार ४३१ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १० : ०९ बजे