४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड


५ पुस २०७७, आइतबार  

0
Shares


५ पुस २०७७(रासस\सिन्ह्वा) ः भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्म एक करोड भन्दा बढी भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ६ सय २४ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या १ करोड ३१ लाख पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत २४ मा भारतमा कोरोना संक्रमणको कारण ३ सय ४१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार ४ सय ७७ जना पुगेको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा १ हजार १ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको र ३२ जनाको संक्रमणको कारण मृत्यु भएको छ ।
मन्त्रालयको पछिल्लो विवरणमा ९५ लाख ८० हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा तीन लाख ५ हजार ३ सय ४४ सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोरोना परीक्षणलाई तिब्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १६ करोड ११ लाख ९८ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १० : ४५ बजे