४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


विश्वभर ७ करोड ८४ लाख कोरोना संक्रमितमध्ये ५ करोड ५२ लाख संक्रमणमुक्त


८ पुस २०७७, बुधबार  

0
Shares

८ पुस, ०७७ काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ७ करोड ८४ लाख ३८ हजार ८८२ पुगेको छ । वर्ल्डोमीटरका अनुसार कुल कोरोना संक्रमितमध्ये ५ करोड ५२ लाख ९ हजार ४०८ जना उपचारपछि निको भएका छन् ।

कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ लाख २५ हजार ५०९ पुगेको छ । सक्रिय संक्रमितको संख्या २ करोड १५ लाख ३ हजार ९६५ जना रहेको छ ।
अमेरिकामा १ करोड ८६ लाख ८४ हजार ६२८ जना संक्रमित छन् । ३ लाख ३० हजार ८२४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १ करोड  ९ लाख ४५ हजार ९७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७४ लाख ८ हजार ७०७  जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या १ करोड ९९ लाख ३०८ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४६ हजार ८२७९ पुगेको छ । ९६ लाख ६३ हजार ३८२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ८९ हजार ४५० जना रहेका छन् ।
ब्राजिलमा ७३ लाख २० हजार  २० जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ८८ हजार २८५ को मृत्यु भएको छ । ६३ लाख ५४ हजार ९७२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७ लाख ७६ हजार ७६३ जना रहेका छन् ।
रुसमा २९ लाख ३३ हजार ७५३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ५२ हजार ४६१ जनाको मृत्यु भएको छ । २३ लाख ४३ हजार ९६७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ३७ हजार  ३२५ जना रहेका छन् ।
फ्रान्समा २४ लाख ९० हजार ९४६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ६१ हजार  ७०२ जनाको मृत्यु भएको छ । १ लाख ८६ हजार ५८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २२ लाख ४३ हजार १८६ जना रहेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ३ : ४५ बजे