४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा एक करोड चार लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित


२८ पुस २०७७, मंगलबार  

0
Shares


२७ पुस ०७७, (रासस÷सिन्ह्वा) नयाँदिल्ली ः भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सोमबारसम्म एक करोड चार लाख ६६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ३११ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ६६ हजार ५९५ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार बिहान जनाएको छ ।
गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १ सयल ६१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५१ हजार ३ सय ११ जना पुगेको छ ।
मन्त्रालयको पछिल्लो विवरणमा एक करोड ९२ हजार ८ सय ५९ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख २२ हजार ५ सय २६ सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ३ सय ९९ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १२ जनाको मृत्यु भएको छ । भारतमा कोरोना शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
सरकारले देशका विभिन्न भागमा कोरोना परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १८ करोड १७ लाख ५५ को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो आइतबार एक दिनमा छ लाख ५९ हजार २ सय ९ जनाको कोरोना परीक्षण गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १० : ४२ बजे