४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


पाकिस्तानमा चिनियाँ राजदूत बसेको होटलमा बम बिस्फोट, चारजनाको मृत्यु




एजेन्सी । पाकिस्तानको क्वेटा शहरस्थित एक होटलमा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । अरु ११ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

क्वेटा शहरको सेरेना होटलको कार पार्किङ्ग क्षेत्रमा आक्रमण भएको हो । आक्रमणकारीले पाकिस्तानका लागि चिनियाँ राजदूतलाई निशाना बनाउन खोजेको हुन सक्ने बताइएको छ ।

सेरेना होटलमा चिनियाँ राजदूत बस्दै आएका थिए, तर आक्रमणका बेला उनी त्यहाँ नरहेको पाकिस्तानका आन्तरिक मामिला मन्त्री शेख रशिद अहमदले बताएका छन् । राजदूत नोङ्ग रोङ्ग सुरक्षित रहेको उनले बताएका छन् ।

बिस्फोटक पदार्थले भरिएको कार होटलको पार्किङ्ग क्षेत्रमा गएर बिस्फोट भएको मन्त्री अहमदले स्थानीय एअर न्यूज च्यानललाई बताएका छन् ।

आक्रमणको जिम्मा पाकिस्तानी तालिबानले लिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १० : ३६ बजे