४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


छोरा र ज्वाइँले मोटरसाइकलमा राखेर अस्पतालबाट ल्याए संक्रमित महिलाको शव(भिडियोसहित)



१५ वैशाख ०७८, भारत । भारतमा कोरोनाभाइरस संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ । अस्पतालमा बिरामीले भर्ना पाएका छैनन्, भर्ना भएकाले अत्यावश्यक अक्सिजन पाएका छैन। दैनिक ३ हजारभन्दा बढी संक्रमितको ज्यान जान थालेपछि श्मशान गृहमा शवको चाङ लागेको छ।
पछिल्लो समय एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। आन्ध्र प्रदेशको स्रिकाकुलममा खिचिएको उक्त भिडिओमा दुई जना युवकले एक जना महिलालाई बीचमा राखेर मोटरसाइकल चलाइरहेका छन्। समाचारमा जनाइएअनुसार गत सोमबार मन्डासा मन्डल गाउँकी ती ५० वर्षीय महिलालाई कोरोनाभाइरसका लक्षणहरू देखिएपछि जचाउन लगिएको थियो।

तर जाँचको रिपोर्ट नआउँदै उनको मृत्यु भयो। अस्पतालले उनको शवलाई घरसम्म लैजान कुनै सवारी व्यवस्था गर्न सकेन।
त्यसपछि उनका छोरा र ज्वाइँले मोटरसाइकलमा राखेर महिलाको शव १५ किलोमिटर टाढाको घर लिएर गए। भिडिओमा छोरा र ज्वाइँले महिलाको अवस्थाबारे एक जना प्रहरीलाई बताएको देखिन्छ।
मृत्युपछि आएको रिपोर्टमा ती महिलालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १२ : ५५ बजे