
५ जेठ ०७८, ललितपुर । नेपालमा पछिल्लो २४ घण्टामा ८१७३ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा ८१७३ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७९८९ निको भएका छन् ।
गएको २४ घण्टामा २४६ जनाको मृत्यु भएको छ । काठमाडौंमा १९८८, ललितपुरमा २७० र भक्तपुरम २२८ गरी काठमाडौं उपत्यकामा २४८६ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ८५४ क्वारेन्टाइनमा रहेका छन् ।







प्रतिक्रिया