४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


इजरायल र प्यालेस्टाइनबीच युद्धविराम



एजेन्सी ।  इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ ।

दुई देशबीचको सहमतिअनुसार स्थानीय समयअनुसार शुक्रवार बिहान २ बजे अर्थात आज बिहानदेखि युद्धविराम सुरु भएको बीबीसीले जनाएको छ ।

इजिप्टको प्रस्ताव अनुसार युद्धरत दुई देशले युद्धविरामको सहमति गरेका हुन् । थप वार्ताका लागि इजिप्टले इजरायल र प्यालेस्टाइनमा प्रतिनिधिहरु पठाउने बताइएको छ ।

प्यालेस्टाइनले केही दिनदेखि युद्धविरामको पहल गरिरहे पनि इजरायलले मानेको थिएन । अहिले पूर्वसर्त बिना युद्धविरामका लागि इजरायलले सहमति जनाएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ९ : २७ बजे