४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा घट्यो कोरोना संक्रमण, दिनमा ६० हजार मात्रै सङ्क्रमित



६ असार ०७८, नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुदै आएको छ ।
पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा निरन्तर कमी हँुदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
पछिल्ला तथ्याङ्कलाई हेर्दा दैनिक सङ्क्रमितको सङ्ख्यामा २.९८ प्रतिशतको दरले कमी हुदै आएको मन्त्रालयले शनिबार जनाएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा एक हजार ६४७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको देखिएको छ ।

त्यसैगरी सोही अवधिमा कुल ९७ हजार ७४३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

भारतमा अहिलेसम्म कुल दुई करोड ९८ लाख २३ हजार ५४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये सात लाख ६० हजार १९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको पाइएको छ ।

कोरोनाभाइरसलाई जितेर सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ८६ लाख ७८ हजार ३९० रहेको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ११ : ५६ बजे