१७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौं पिङ्गलास्थानमा पत्रकारमाथि आक्रमण, महासंघको विरोध




२१ असार ०७८, काठमाडौं । नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा पत्रकारमाथि भएको आक्रमणको भत्र्सना गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी एभिन्यूज टेलिभिजन र प्राइम टेलिभिजनमा कार्यरत पत्रकारमाथि पिङ्गलास्थानस्थित प्यारागन पब्लिक स्कुलको व्यवस्थापनबाट भएको आक्रमण र सञ्चार सामग्री तोडफोड गरिएको घटनाप्रति भत्र्सना गरेको छ ।
प्यारागन स्कूलले लकडाउनको अवस्थामा पनि विद्यार्थीबाट मनोमानी हिसाबले शुल्क लिन खोजेपछि यसको विरोधमा अभिभावक आन्दोलनमा छन् । सोही विषयमा आज बिहान समाचार सङ्कलनका लागि स्कूल पुगेका एभिन्यूज टेलिभिजनका पत्रकार सरोज पौडेल, सुरेश रजक र शीतल रिजाल तथा प्राइम टेलिभिजनका दीपक अर्याल र सुन्दरबहादुर गुरुङमाथि स्कूल प्रशासनमा कार्यरत साहिर उदिन भन्ने व्यक्तिले आक्रमण गर्नाका साथै दुवै टेलिभिजनको क्यामेरा र बुममा क्षति पु¥याइएको पीडित पत्रकारले महासङ्घमा जानकारी गराएका छन् ।
“नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटिरहेका पत्रकारमाथि भएको आक्रमण र सञ्चार सामग्री तोडफोडको घटनाले पत्रकारको संवैधानिक अधिकार र स्वतन्त्रतामा हस्तक्षेप भएको महासङ्घको ठहर छ, महासङ्घ पत्रकारको संवैधानिक अधिकारमाथि आघात पु¥याउने यो घटनाको कडा शब्दमा भत्र्सना गर्दछ”, विज्ञप्तिमा भनिएको छ । घटनामा संलग्न व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन र क्षति पुगेका सञ्चार सामग्रीको क्षतिपूर्ति दिलाउन सम्बन्धित निकायसँग माग गर्दै महासङ्घले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न स्कूल प्रशासनको पनि ध्यानाकर्षण गराएको छ ।

 

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।