१७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बर्दियामा फेरि बाघको आक्रमणपछि बृद्धको मृत्यु



फाइल तस्विर

२२ असार ०७८, बर्दिया । बर्दियाको मधुवन नगरपालिका ३ भगरैयामा एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको शव स्थानीय सम्झना सामुदायिक वनमा भेटिएको छ । घाँसपात र दाउरा गर्न सामुदायिक वनभित्र गएका खत्रीमाथि बाघले आक्रमण गरेको थियो । खत्रीको शव आज दिउँसो ११ बजे फेला परेको भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन थापा मगरले बताएका छन् । योसँगै चालू आर्थिक वर्षमा बर्दियामा बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको बताइएको छ ।

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ७ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।