८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजदेखि धेरै ठूलो वर्षा हुने सम्भावना, सतर्कता अपनाउन आग्रह(पूर्वानुमानसहित)



२३ असार ०७८, काठमाडौं । आजदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार आगामी २/३ दिन देशभर मनसुन सक्रिय हुने देखिएको हो।

महाशाखाका अनुसार आगामी ३ दिन यस्तो छ वर्षाको सम्भावना 
असार २३ गते बुधबार
दिउँसोः प्रदेश  १, २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा  मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। प्रदेश १ का एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना छ।

रातिः प्रदेश  १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

असार २४ गते बिहीबार
दिउँसोः प्रदेश  १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १,२, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

रातिः देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

असार २५ गते शुक्रबार
दिउँसोः देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

रातिः प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।