८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फोटोपत्रकार बज्राचार्यलाई गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान




२३ असार ०७८, काठमाडौं । गणेशमान सिंह फाउण्डेशनले बरिष्ठ फोटो पत्रकार मीनरत्न बज्राचार्यलाई गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान प्रदान गरेको छ । फाउण्डेशनले मङ्गलबार प्रजातन्त्र सेनानी ध्रुव खनाल र वरिष्ठ फोटो पत्रकार बज्राचार्यलाई सम्मान गरेको थियो ।
मङ्गलबार खनाल र बज्राचार्यलाई कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रमाणपत्र, दोसल्ला र नगद रु २५ हजारद्वारा सम्मान गरेका थिए ।
फोटोपत्रकार बज्राचार्य लामो समय हिमाल खबर पत्रिकामा काम गरेका थिए । उनका २०४६ सालमा भएको प्रजातन्त्र स्थापनाको लागि भएको आन्दोलनका तस्विरहरु चर्चित छन् ।
गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने भएको छ । गणेशमान सिंह फाउण्डेशनले विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष सिंहको स्मृतिमा स्थापना गरिएको उक्त सम्मान विसं २०४६ मा प्रजातन्त्र ल्याउनका लागि सिंहको अभियानमा जोडिनुभएका प्रजातन्त्र सेनानीलाई प्रदान गर्न लागेको हो ।

फाउण्डेशनले प्रजातन्त्र सेनानी चोरेन्द्रमानसिंह प्रधान, राजकृष्ण अमात्य, स्व अरविन्द ठाकुर, स्व सूर्यप्रसाद रेग्मी, स्व गिरिराजकुमारी प्रसाईँ, श्रीपटनाथ जोशी, फोटो पत्रकार मीनरत्न बज्राचार्य, रोमहरि अधिकारी, ध्रुव खनाल, वरिष्ठ पत्रकार भैरव रिसाल र डिल्लीप्रसाद सिटौलालाई प्रदान गर्न लागेको हो ।
फाउण्डेशनले मङ्गलबार प्रजातन्त्र सेनानी खनाल र वरिष्ठ फोटो पत्रकार बज्राचार्यलाई सम्मान गरेको थियो । क्रमशः नौ जनालाई सम्मान गर्दै जाने फाउण्डेशनका कार्यालय सचिव धर्मरत्न पाछैले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ११ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।