१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


थापागाउँमा मृत भेटिइन् अभिनेत्री जेनी कुँवर



२५ असार ०७८, ललितपुर । काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा अभिनेत्री जेनी कुँवर मृत भेटिएकी छन् ।
बिहीबार बेलुकी ९ बजे झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
चलचित्र अभिनेत्री जेनीको शव त्यसपछि पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने प्रहरीले जनाएको छ।

जिन्दगानी नामक चलचित्रबाट अभिनय सुरु गरेकी जेनीले आधादर्जन बढी चलचित्रमा अभिनय गरेकी थिइन्।

मैदान, जीवनदाता, कानुन, विन्तीपत्र, मलाई माफ गरिदेऊ, हलचल, अभिमन्यू लगायतमा उनले अभिनय गरेकी छन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ७ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।