
२६ असार ०७८, काठमाडौं । कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई दिने भनेको कोरोनाविरुद्धको जे एन्ड जे भ्याक्सिन आगामी सोमबार नेपाल ल्याइने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले अमेरिकाले अनुदान दिने १५ लाख डोज खोप सोमबार आइपुग्ने जानकारी शनिबार दिउँसो दिएका हुन्।
डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिकन सरकारले कोभ्याक्समार्फत अनुदानमा नेपाललाई दिन लागेको १५ लाख जे एन्ड जे भ्याक्सिन आगामी सोमबार बिहान काठमाण्डु आइपुग्ने भएको छ। यूएस सरकार तथा पहलकर्ता सबैलाई धन्यवाद।’
अमेरिकन सरकारले COVAX मार्फ़त अनुदानमा नेपाललाई दिन लागेको 15 लाख J & J Vaccine आगामी सोमबार बिहान काठमाण्डू आइपुग्ने भएको छ । US सरकार तथा पहलकर्ता सबैलाई धन्यबाद ।
— Rajan Bhattarai (@Rajanktm) July 10, 2021







प्रतिक्रिया