१२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने



२६ असार ०७८, काठमाडौं ।  कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई दिने भनेको कोरोनाविरुद्धको जे एन्ड जे भ्याक्सिन आगामी सोमबार नेपाल ल्याइने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले अमेरिकाले अनुदान दिने १५ लाख डोज खोप सोमबार आइपुग्ने जानकारी शनिबार दिउँसो दिएका हुन्।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिकन सरकारले कोभ्याक्समार्फत अनुदानमा नेपाललाई दिन लागेको १५ लाख जे एन्ड जे भ्याक्सिन आगामी सोमबार बिहान काठमाण्डु आइपुग्ने भएको छ। यूएस सरकार तथा पहलकर्ता सबैलाई धन्यवाद।’

 

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ४ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।