
२९ असार ०७८, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७७ श्री उमादेवी वादीलाई प्रदान गर्ने निर्णय गरेको छ । सुदुरपश्चिम प्रदेश सभा सांसद रहेकी वादीले मानव अधिकार,सामाजिक न्यायका लागि गरेको उल्लेखनीय योगदान गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले वादीलाई पुरस्कृत गर्ने निर्णय गरेको बताइएको छ ।
२०७८ मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा रु. १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित वादीलाई पुरस्कृत गरिने छ ।
२०१८ साल फागुन ४ गते जन्मिनुभएकी उमादेवी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार संघर्ष समितिको संयोजकका रुपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गरकी थिइन्े । यो आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग २ बुँदे सैद्धान्तिक सहमति भएको थियो । विपन्न दलित वादी समुदायको हक अधिकारका लागि निरन्तर योगदान गर्दै आएकी उमादेवी वादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम विविसिले सन् २०१८ को विश्वका १०० जना उत्प्रेरणादायी र प्रभावकारी महिलाकोे सुचिमा १० आँै स्थानमा राखेको थियो ।
२९ असार २०७८, मंगलबार
0
Shares







प्रतिक्रिया