१७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


३९ लाख बृद्ध भत्ताको पैसा चोरी




३१ असार ०७८, बझाङ्ग । बुङ्गल नगरपालिका वडा नं ९ र ११ को बृद्ध भत्तालगायत सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको रु ३९ लाख मङ्गलबार राति चोरी भएको बताइएको छ । सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आउनुभएको र पैसा पनि त्यहीँबाट चोरी भएको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा चोरी भएको भनिए पनि कोठामा तोडफोडलगायत कुनै पनि क्रियाकलाप नभएको पाइएको छ । पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको स्थानीयवासी खड्क बोहराले बताए ।
वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको बताए । यस घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बताइएको छ । करिब रु २१ लाख ९१ हजार वितरण गरिसकिएको र रु ३९ लाख वितरण गर्नका लागि राखिएको जनाइएको छ ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  १२ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।