१७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वालविवाहमा संलग्नको आरोेपमा ३ जना पक्राउ



३१ असार ०७८, पर्सा । वालविवाह गरेको तथा गराएको अभियोगमा पकाहामैनपुर गाउँपिलका १ धोरे बस्ने २४ वर्षीय विशाल सहनी, सोही ठाउँ बस्ने ६५ वर्षीय ठग सहनी र बारा प्रसौनी गाउँपालिका ५ बेलहीया पनटोका बस्ने ४८ वर्षीय महेश सहनीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
महेश र ठगले आपसी सहमति गरी धोरेस्थित भुटनदेवी मन्दिरमा विशालसँग २०७७ माघ १९ गते १७ वर्षीया किशोरीसँग वालविवाह गराएको खुल्न आएपछि वालविवाह गर्ने विशाल र वालविवाह गराउने कार्यमा संलग्न महेश र ठगलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाह सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ११ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।