४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा कोरोनाको तेस्रो लहरको खतरा, नेपालमा त्रास




२ साउन ०७८ (रासस÷सिन्ह्वा) । भारतको सरकारले नै कोरोनाको महामारीको तेस्रो लहरको खतरा रहेको जानकारी दिएको छ । भारतको सरकारले नै भारतमा कोरोना महामारीको तेस्रो लहर आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो ।
भारत सरकारको स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भि के पाउलले यो चेतावानी दिएका हुन् । उनले अहिलेको अवस्थामा थप सतर्कता अपनाउने र आवश्यक तयारी नगर्ने हो भने भारतमा तेस्रो लहरको खतरा रहेको छ र त्यो लहर आगामी १०० देखि करिब १२५ दिनमा आउन सक्ने बताएका हुन् ।

उनले भने, ‘हाम्रो जनसंख्या धेरै छ र यसका कारण यहाँको अवस्था निकै खतरा पनि हुनसक्छ र हामीले यस विषयमा आवश्यक सतर्कता अपनाउन सकेर्नाैँ भने यसले हामीलाई ठूलो क्षति दिन सक्ने छ । हालै विश्व स्वास्थ्य संगठनले कोरोनाको विश्वको अवस्थाको मूल्यांकन गर्दै आगामी दिनमा पनि यो चुनौती रहेको बताएको थियो ।

विश्व स्वास्थ्य संगठनले पनि अहिले विश्वका कतिपय देशमा देखिएको यो महामारी विरुद्धको सतर्कताको अवस्था हेर्दा त्यो पर्याप्त नभएको र आवश्यक मात्रामा आगामी दिनमा थप सतर्कता अपनाउनुपर्ने बताएको थियो ।
यसअघि पनि भारतका अधिकारीहरुले आगामी अगष्ट महिनाको अन्त्यतिरबाट यो भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा रहेको बताउँदै आएका थिए ।
भारतमा कोरोनाको तेश्रो लहर आउने चेतावनीसँगै नेपालमा पनि यसको त्रास बढेको छ । खुला सिमाना तराईको बजारसँग प्रत्यक्ष सम्बन्ध,खुला व्यपार तराईका बासिन्दासँगको पारिवारिक सम्बन्धले भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा छिट्टै कोरोना फेलने गरेको छ ।

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : ०४ बजे