१७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता, खोप दिने आश्वासन



४ साउन ०७८, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोरोना विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । प्रधानमन्त्री देउवासँगको सौहार्दपूर्ण टेलिफोन वार्तालापका क्रममा आज सोमबार भारतीय प्रधानमन्त्री मोदीले आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस अवसरमा प्रधानमन्त्री मोदीले आफ्ना नवनियुक्त समकक्षी प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए । साथै प्रधानमन्त्री देउवाले बधाईका लागि मोदीलाई धन्यवाद दिए । दुवै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ५ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।