१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


२८ सय कोरोना संक्रमित थपिए



६ साउन ०७८, काठमाडौं । देशभर दुई हजार आठ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षणमा एक हजार नौ सय १८ र एन्टिजेन परीक्षणमा नौ सय ३१ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा आठ हजार सात सय १५ जनाको पिसिआर र तीन हजार नौ सय एकजनाको एन्टिजेन परीक्षण भएको थियो ।

बुधबार एक हजार चार सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३० जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ६ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।