४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


हजका क्रममा कोभिड संक्रमण भएको छैन्: साउदी सरकार



अल्जाजीरा

एजेन्सी । साउदी अरेबियाको सरकारले यहाँ सम्पन्न भएको हजका क्रममा कोभिडको कुनै सङ्क्रमण नभएको जनाएका छ । साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार यहाँको हज सेसन कोभिड फ्रि रुपमा सम्पन्न भएको भनेर सरकारले जानकारी दिएको छ ।

हजका क्रममा ठूलो भिडभाड हुने भएकोले यस क्रममा कोभिड १९ को ठूलो सङ्क्रमण हुने डर रहेको बताइएको थियो । त्यसैले पनि यहाँको सरकारले कोभिडका विरुद्धमा निकै कडा र प्रभावकारी उपायहरु अपनाएको बताएको छ । त्यसै कारणले पनि यस वर्ष हजका लागि विदेशी नागरिक आउन नदिने र स्वदेशमा मात्र निकै सानो संख्यामा गर्नुपर्ने बताइएको थियो ।

साउदी अरबका स्वास्थ्यमन्त्री ताफिक अल रबिहले हजका क्रममा कोभिडको सङ्क्रमण नदेखिएको र सरकारले सजगताका लागि निकै प्रभावकारी मापदण्ड पनि अपनाएको बताए । उनले साउदी अरेबियाको मक्कामा हज गर्न आएकाहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पालनाको आवश्यकतामा जोड दिइएको थियो ।

त्यसैगरी यहाँको सरकारले स्वदेशी नागरिकलाई जम्मा ६० हजार जनालाई मात्र हजका लागि आउन दिएको थियो । त्यसैगरी विदेशी नागरिकलाई पनि थोरैलाई मात्र यहाँ हजका लागि आउन दिइएको र स्वदेशी नागरिकलाई पनि ६० हजारमा मात्र सीमित गरिएको थियो ।
सिन्ह्वा

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १२ : ५१ बजे