१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फेरि गयो अर्को भूकम्प




८ साउन ०७८,खोटाङ ।  आज फेरि अर्को भुकम्प गएको छ । खोटाङको खर्मी केन्द्रविन्दु भएर आज शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको खर्मी आसपास केन्द्रविन्दू भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो ।
केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईका अनुसार यो भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको अनुमान गरिएको छ । यो भूकम्पबारे आवश्यक अनुसन्धान भइरहेको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ९ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।