
९ साउन ०७८, काठमाडौं । गुरुपूर्णिमाको अवसर पारेर फोटापत्रकारहरुले योग सिकेका छन् । आज आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्वमा राष्टिय फोटोपत्रकार महासंघले योग साधना कार्यक्रममा योग सिकेका हुन् ।
‘गरौँ योग, रहौँ निरोग ः मन र शरीरलाई शुद्ध गरौँ’ भन्ने मूलनाराका साथ बौद्ध गुरु रानाग टुल्कु रिन्छेन रिम्पोछेले बौद्धस्थित सिद्धार्थ होटलमा २० फोटो पत्रकारलाई एक घण्टाको योग अभ्यास सिकेको समूहका महासचिव प्रदीपराज वन्तले बताएका छन् ।
गुरु रिम्पोछेले पत्रकारलाई नसा, स्वासप्रश्वास तथा मुटुका लागि उपयुक्त हुने पाँच प्रकारका आसन सिकाएका थिए । ती आसनले कोरोनाबाट सुरक्षित राख्न मद्दत पुग्ने उनको भनाइ थियोे ।







प्रतिक्रिया