४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकामा कोरोना खोप लगाउनेलाई एक सय डलर दिइने



१६ साउन ०७८,वासिङटन । अमेरिकाले कोरोनाखोप लगाउनेहरुको सङ्ख्या बढाउन खोप लगाउनेलाई प्रतिव्यक्ति १०० डलर दिने भएकोे छ ।
अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ ।
राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्य सरकारहरुलाई पनि आह्वान गरेका हुन् ।
उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि यो व्यवस्था लागू हुने बताएका छन् । अमेरिकामा सङ्घीय सरकारका निकायहरूमा मात्रै करिब २० लाख मानिस काम गर्छन् ।
बाइडेनले जारी गरेको निर्देशनमा अबदेखि कर्मचारीहरुले खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था गरिएको उल्लेख छ । सबै कर्मचारीले कोरोना भाइरसको परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने र मास्क लगाउनुपर्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ ।
बढी सङ्क्रामक डेल्टा भेरियन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको अमेरिकामा हालसम्म आधा जनसङ्ख्याले मात्र खोपको मात्रा पूरा गरेका छन । खोप नलगाएकाहरुलाई डेल्टा भेरियन्टले बढी असर गर्ने गरेकाले खोप लगाउन सरकारले सवैलाई आग्रह गरेको छ । खोप लगाउन प्रेरित गर्नेगरी अहिले लागू गरिएको नगद रकम दिने व्यवस्थाले पहिले नै खोप लगाइसकेकालाई भने अन्याय हुने टिप्पणी पनि भएको छ ।
अमेरिकी राष्ट्रपति वाइडेनले भने सार्वजनिक हितका लागि भएकाले यसलाई अन्यथा मान्न नहुने बताएका छन् । “जति धेरै मानिसले खोप लगाउँछन्, कोरोना भाइरसको महामारीबाट हामी उतिनै बढी सुरक्षित हुन्छौँ, त्यसैले यसको फाइदा सवैलाई हुने भएकाले खोप लगाउन प्रेरित गर्नु हामी सवैका लागि हितकर छ”, उनले भनेका छन् ।
गत महिना अमेरिकामा गरिएको एउटा अध्ययनले ९९ प्रतिशत कोरोनासम्बन्धी मृत्यु खोप नलगाएका व्यक्तिहरुको भएको देखाएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : ५९ बजे