१ भदौं ०७८, काठमाडौं । अफगानिस्तानको काबुलस्थित हमिद कारजाई विमास्थलबाट झण्डै ६ सय जना मनिसहरुलाई लिएर एयर फोर्स सी–१७ ग्लोबमास्टर थर्ड अमेरिका पुगेको छ ।
अमेरिकाको प्रतिरक्षा तथा सुरक्षासम्बन्धी न्युज साइट डिफेन्स वनले सार्वजनिक गरेको तस्बिरमा मानिसहरु खादिएर बसेको देखिन्छ । यस जहाजमा ६ सय ४० जना मानिस बसेर अमेरिका गएको अमेरिकी रक्षा अधिकारीहरूले बताएका छन् ।
उनीहरुका अनुसार एकै पल्ट यो संख्यामा कार्गो जहाजमो यात्रा गरेको यो पहिलो पटक हो ।
अफगानिस्तानको यो घटनाको तस्विर संसारभरका सञ्चारमाध्यमले प्रकाशन गरेका छन् । अफगानिस्तानको काबुलस्थित हमिद कारजाई विमास्थलमा देश छोड्नेहरुको भागदौडको तस्विर सामाजिक संजालहरुमा संसारभर भाइरल बनेको छ । एजेन्सी
प्रतिक्रिया