
एजेन्सी । अफगानिस्तानबाट झन्डै २० वर्षपछि अमेरिकी सेना फिर्ता भएको भएको छ । अगस्ट ३१ तारिखभित्र बाहिरिसक्नुपर्ने समयसीमा (डेडलाइन) अन्तर्गत अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता लगेको हो।
काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमान्डर जनरल क्रिस डोनाह्यु पनि सोमबार राति अन्तिम उद्धार उडानमार्फत आफ्नो देश फर्किएको बीबीसीले जनाएको छ। अमेरिकी सेनाका सेन्ट्रल कमान्डका प्रमुख जनरल मकेन्जीले भने, ‘हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टीन विमान उडेको छ। योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ।’ जुन मिसन सन् २००१ सेप्टेम्बर ११ मा सुरु भएको थियो। यसअन्तर्गत अमेरिकाले ओसामा बिन लादेन तथा उनका थुप्रै अल कायदा सदस्यलाई कारबाही (हत्या) गरेको थियो।








प्रतिक्रिया