५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुर लुभुबाट वलात्कारको अभियोगमा थापा मगर पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

२४ भदौ ०७८,ललितपुर । ललितपुर लुभुबाट वलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका ९ लुभु चेतना चोकस्थित किराना होलसेल पसल संचालन गरी बस्ने ३७ वर्षीय रमेश थापा मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
मगरले ती महिलालाई सोही पसलभित्र मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।