१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


लिबियाको तटबाट ९२ गैरकानुनी आप्रवासीको उद्धार : राष्ट्रसंघ  



१६ कात्तिक ०७८, त्रिपोली । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले सोमबार ९२ गैरकानूनी आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको जनाएको छ।
संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको ट्वीट अनुसार हिजो राती ९२ जनालाई त्रिपोली फर्काइएको थियो जसमध्ये ४ जना महिला थिए।
उनीहरू एक दिनअघि जुवाराबाट त्यता प्रस्थान गरेका थिए।” “यो वर्ष तटीय सुरक्षाबाट यस्तै घटनामा झण्डै २८ हजार व्यक्तिलाई लिबिया फर्काइएको जनाइएको छ । लिबियाले २०११ देखि असुरक्षा र अराजकताको सामना गरिरहेको छ जसले उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारहरूमा जान चाहने गैरकानुनी आप्रवासीहरूका लागि प्रस्थानको एक आकर्षक केन्द्र बनाएको छ।
यसैबीच संयुक्त राष्ट्र एजेन्सीले भर्खरै लिबियाका अधिकारीहरूलाई शरणार्थहरूको अवस्थालाई सम्बोधन गर्न आह्वान गरेको छ।
एएनआई/सिन्ह्वा

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ४ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।