६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानन्यायाधीशले बोलाए पूर्ण बैठक बस्दै




२ मंसिर०७८, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बिहीबार दिउँसो १ बजे बस्ने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फुलकोर्ट बोलाएको एक न्यायाधीशले जानकारी दिएका छन्।

प्रधानन्यायाधीश राणा पूर्ण बैठक भ्याउनका लागि दिउँसो १ बजेतिर सर्वोच्च अदालत आइपुग्ने र न्यायाधीशहरु पनि सो बैठकका लागि तयार रहेको ती न्यायाधीशले जानकारी दिएका हुन्।

फुलकोर्ट बैठकबाट गोलाप्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  १२ : ४७ बजे