१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु



५ मंसिर ०७८, बैतडी । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । देहिमाडौँबाट जन्ती बोकेर सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नंको जीप करिब साढे ८ बजे दशरथचन्द नगरपालिका ४ को कलुवाड मोडमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिएका छन् । उनले भने, “कम्तीमा चार जनाको मृत्यु भएको छ, प्रहरी उद्धारमा खटिएको छ ।” दुर्घटनामा परेर तीन जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको परिचय खुल्न सकेको छैन ।
घाइते र मृतकलाई जिल्ला अस्पताल लगिएको छ । जीप सडकबाट सात सय मिटर तल खसेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १० : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।