३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


फेसबुकमा युवतीहरुको नाङ्गो तस्विर राखेपछि काठमाडौं भोटेबहालका खड्गी पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

६ मंसिर ०७८, काठमाडौं । सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुकमा नाबालिका र युवतीहरुको नाङ्गो तस्विर राखेर चरित्र हत्या गरेको अभियोगमा काठमाडौं भोटेवहालका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गीलाई युवतीहरुको चरित्र हत्या गरेको आरोपमा बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार खड्गीले नाबालिका र युवतीलाई साथी बनाई डर, धाकधम्की देखाई नग्न तस्वीर तथा भिडियो पठाउन लगाइ दुःख हैरानी दिई सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने कार्य गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट उनलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ८ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।